Nepal Telecom Logo
Menu
  • Home
  • Fixed Line
  • Mobile
  • Internet
  • eSIM
  • VAS
  • Career
  • Offers
  • Offers
  • Individual
  • Corporate
  • Email
  • English
    EN
    • English
    • नेपाली
  • Self Care
    • Register
    • Login
    • Change Password

Notices

  • स्वत: प्रकाशन (Proactive Disclosure)
  • Mobile Service Drive Test Report
  • Notice regarding Diary & Calendar
  • Notice regarding Mobile Multi Charger
  • 17th AGM - Nepal Telecom
  • Useful Short Codes
  • Online पत्रिकाको सूचीकरण सम्बन्धि सूचना (7 Days Extended)
  • Re-invitation For Sealed Quotations सम्बन्धि सूचना
  • 20th Anniversary Offer 2080
  • 16th AGM - Nepal Telecom
  • 15th AGM - Nepal Telecom
  • Teez TikTok Contest 2080
  • NT's request on using 4G Mobile Handset
  • Form Downloads
  • Newsletters
  • Corporate Social Responsibility

Corporate Social Responsibility

    Previous Next

    नेपाल टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम

    नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरु सञ्चालन गरेको छ । व्यावसायिक क्रियाकलापहरु सञ्चालन गर्दा कम्पनीले सदैव सामाजिक उत्तरदायित्व प्रतिको प्रतिवद्धता व्यक्त गर्दै आएको छ । कम्पनीले विगतका आर्थिक वर्षहरु देखि नै सामाजिक उत्तरदायित्वका पुराना कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै थप नयाँ कार्यहरु समेत गर्दै आएको छ । समग्रमा हाल कम्पनीले गरेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका मुख्य कार्यहरु निम्न छन् :

    हरियाली संरक्षण तथा वृक्षरोपण: नेपाल टेलिकमले काठमाडौँको माइतीघर देखि तिनकुने सम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यस अन्तर्गत मौसमी फूलका बिरुवाहरु रोप्ने, रुखहरु तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलापहरु सञ्चालन गरिएका थिए ।

    विद्यालयमा विभिन्न भौतिक तथा शैक्षिक सामग्री वितरण: नेपाल टेलिकमले निरन्तर रुपमा नेपाल भरिका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुट लगायतका विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरु उपलब्ध गराएको छ ।

    साथै देशभरका २० जिल्लाका १/१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री Sanitary Pad Vending Machine (With Sanitary Pads) उपलब्ध गराइएको छ ।

    वातावरण सरसफाईः धार्मिक मठ मन्दिर, पुरातात्विक एवम् पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैंचा लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरुमा आवश्यकता बमोजिम डस्टवीन वितरण गरिएको छ ।

    वृद्धाश्रम, बाल आश्रम लगायतका संरक्षणस्थलमा सहयोग: सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरुलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरुमा भोजन एवम् न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरिएको छ ।

    अस्पतालमा बेड कम चेयर वितरण: नेपाल टेलिकमले नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पताल लगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमा आउने बिरामीका कुरुवाहरुले आराम गर्न सहज होस् भन्ने उद्देश्यले बेड कम चेयर उपलब्ध गराएको छ ।

    विद्यालयमा इन्टरनेट सेवा: नेपाल टेलिकमले विद्यालयहरुमा पटनपाठन कार्य सहज होस् र विद्यार्थीले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले FTTH सेवा पुगेका देशभरका विभिन्न १०० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा ५० MBPS गतिको FTTH इन्टरनेट १ वर्ष सम्मका लागि निःशूल्क उपलब्ध गराएको छ । त्यसैगरी FTTH सेवा नपुगेका ७ वटै प्रदेशका विभिन्न ५० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा १ वर्ष सम्मका लागि Namaste Wi-Fi (WBB) राउटर सहितको 4G  इन्टरनेट प्याकेज निःशूल्क उपलब्ध गराएको छ ।

    SEE तयारी गरिरहेका विद्यार्थीलाई सहयोग: नेपाल टेलिकमले आउँदै गरेको SEE परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट नि:शूल्क रुपमा पढ्न पाउने व्यवस्था मिलाएको छ ।

    यसका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका अन्य कार्यक्रमहरु तपसिल बमोजिम छन्:

    -फरक क्षमता भएका व्यक्तिहरुलाई छुट्टै प्याकेज सहितको नि:शूल्क प्रिपेड सिमकार्ड वितरण

    -नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संस्थाहरुको सिफारिसमा विभिन्न पर्व, अवसर तथा विपत्तिको समयमा नि:शूल्क कलर रिङ्गटोनको प्रसारण कार्य

    -गणतन्त्र दिवस, संविधान दिवस लगायतका पर्व, अभियान, सम्मेलन तथा प्राकृतिक विपद्का समयमा सूचना तथा अन्य जानकारी मूलक सन्देशहरु नि:शूल्क Bulk SMS मार्फत प्रवाह

    -गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावित जनसमुदायको लागि ब्ल्याङ्केट, टेन्ट लगायतका राहत सामग्री उपलब्ध गराइएको

    -गत असोजको पहिरो तथा डुबान पीडितहरुलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग ।

    Join our Newsletters

    Receive the latest news and exclusive offers

    Please enter a valid email address

    Download Apps

      © 2025 Nepal Telecom. All Rights Reserved.

      • 4G/LTE Band Check
        NT 4G LTE Bands