Nepal Telecom Logo
Menu
  • Home
  • Fixed Line
  • Mobile
  • Internet
  • eSIM
  • VAS
  • Career
  • Offers
  • Offers
  • Individual
  • Corporate
  • Email
  • English
    EN
    • English
    • नेपाली
  • Self Care
    • Register
    • Login
    • Change Password

See Also

  • NTTV Premium Package Channel List 
  • NTTV Basic Package Channel List
  • 4G Coverage
  • How to Subscribe ADSL ?
  • ADSL Modem (CPE) Configuration
  • Dedicated Lease Connectivity
  • ADSL Service
  • 4G LTE Network

NTTV - FAQ

NTTV बारेमा बारम्बार सोधिने प्रश्न र तिनका उत्तरहरु:

NTTV भनेको के हो ?

नेपाल टेलिकमले ग्राहकहरुलाई इन्टरनेट सेवा प्रदान गर्न तयार गरेको फाइबर नेटवर्क (FTTH) बाट गुणस्तरीय टेलिभिजन च्यानलहरु समेत हेर्न सकिने सेवा NTTV हो।

यो सेवा कहाँ उपलब्ध हुन्छ ?

नेपाल टेलिकमले फाइबर इन्टरनेट (FTTH) नेटवर्क उपलब्ध भएका स्थानहरुमा यो सेवा उपलब्ध हुन्छ।तर Microwave Transmission Link मार्फत FTTH सेवा पुर्याइएका स्थानमा भने Bandwidth Limitation को कारणले गर्दा NTTV सेवा उपलब्ध हुँदैन।सुविधा लिन चाहेको क्षेत्रको नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरेर वा ग्राहक सेवा केन्द्रको टेलिफोन नं. 198 मा नि:शूल्क कल गरेर सेवा उपलब्धताको बारेमा बुझ्न र सेवा जडान तथा मर्मत समेत गर्न सकिन्छ।

अन्य केबुल टेलिभिजन तथा DTH भन्दा NTTV मा के फरक छ ?

NTTV मा एउटै फाइबर बाट इन्टरनेट, टेलिभिजन र ल्याण्डलाइन टेलिफोन चलाउन सकिन्छ।डिजिटल IP प्रविधिमा आधारित सेवा भएकोले ग्राहकहरुले गुणस्तरीय सेवाको अनुभव गर्न सक्नुहुनेछ।

NTTV लिन घरमा ल्याण्डलाइन टेलिफोन भएको हुनुपर्छ ?

पर्दैन।FTTH इन्टरनेट लिएको लाइनबाटै टेलिभिजन चलाउन सकिन्छ र ग्राहकले चाहेमा सोही लाइनबाट इन्टरनेट, टेलिभिजन र ल्याण्डलाइन टेलिफोन तीनवटै सेवा चलाउन सक्नुहुन्छ।

NT Fiber मा इन्टरनेट वा टेलिफोन सुविधा नलिई NTTV मात्र जडान गर्न सकिन्छ ?

NT Fiber मा हाल Internet + NTTV + Free Telephone, NTTV + Free Telephone, Internet + Free telephone, Internet Only / Telephone Only प्याकेजहरु उपलब्ध छन्। NTTV मात्रको प्याकेज उपलब्ध छैन।

NTTV लिनको लागि के के कागजात चाहिन्छ ?

नेपाल टेलिकमको FTTH सेवा प्रयोग गरिरहनु भएका ग्राहकहरुले थप कागजात पेश गर्नु पर्दैन, नजिकको दूरसञ्चार कार्यालयमा गई आवश्यक रकम भुक्तानी गरेर NTTV सेवा सकृय गर्न सक्नुहुन्छ।नयाँ ग्राहकहरुले नेपाल टेलिकमको वेवसाईटमा वा नजिकको दूरसञ्चार कार्यालयमा उपलब्ध हुने ग्राहक आवेदन फाराम रीतपूर्वक भरी सो को साथमा नेपाली नागरिकताको फोटोकपी र एक प्रति फोटो संलग्न गर्नु पर्दछ।अथवा नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रको टेलिफोन नं. 198 मा नि:शूल्क कल गरेर सेवा जडान तथा मर्मत गर्न सकिन्छ ।

आवेदन फारम पेश गरेको कति समयमा NTTV जडान हुन्छ ?

प्राविधिक रुपमा सम्भव भएको ठाउँमा जडानको लागि कागजात पेश गरी रकम भुक्तानी हुनासाथ एकै दिनमा सेवा जडान गर्न सकिन्छ ।

यो सेवा जडान गर्न तथा आवश्यकता बमोजिमका प्याकेजहरु खरिद गर्न के कति खर्च लाग्दछ ?

सेवा जडान तथा उपलब्ध प्याकेजहरुको मूल्य वारेमा विस्तृत जानकारी https://www.ntc.net.np/tariff/ftth-tariff  बाट लिन सकिन्छ ।

बेसिक तथा प्रिमियम प्याकेजहरुमा उपलब्ध हुने च्यानलहरुको विस्तृत विवरण कसरी थाहा पाउन सकिन्छ ?

बेसिक तथा प्रिमियम प्याकेजहरुमा उपलब्ध हुने च्यानलहरुको विस्तृत विवरण https://www.ntc.net.np/services/nttv बाट लिन सकिन्छ ।

NTTV सेवा उपयोगका लागि चाहिने उपकरण वा सामानहरु कहाँबाट पाउन सकिन्छ ?

नयाँ ग्राहकहरुका लागि FTTH राउटर र सेटअप बक्स आवश्यक पर्छ ।पुराना FTTH ग्राहकहरुको घरमा पहिले नै FTTH राउटर हुने हुँदा सेटअप बक्स मात्र थप गर्नुपर्ने हुन्छ । उल्लिखित सामानहरु नेपाल टेलिकममा नै उपलब्ध हुन्छ । तर टेलिभिजन सेट, पावर केबल आदि नेपाल टेलिकमबाट उपलब्ध हुँदैन, ग्राहकले नै ब्यबस्था गर्नुपर्छ ।

एउटा कनेक्सनबाट कतिवटा टेलिभिजन सेट चलाउन सकिन्छ ?

घरमा चलाउने टिभिको संख्या अनुसारको प्याकेज लिई एउटा कनेक्सनबाट बढीमा तीन वटा सम्म टेलिभिजन चलाउन सकिन्छ ।

पहिल्यै देखि FTTH Internet सेवा लिईरहेका ग्राहकले NTTV सेवा लिन कति शुल्क लाग्छ ?

पहिल्यै देखि घरमा FTTH मार्फत इन्टरनेट वा ल्यान्डलाईन सेवा लिईरहेका ग्राहकहरुले जडान शुल्क, FTTH Router को शुल्क तिर्नुपर्दैन भने NTTV को लागि आवश्यक पर्ने Set Top Box को शुल्क तिर्नुपर्दछ । यसैगरी NTTV सहितको प्याकेजको लागि लाग्ने शुल्कमा पहिले लिइरहेको इन्टरनेट प्याकेजको बाँकी रहेको रकम समायोजन गरी नपुग रकम मात्र भुक्तानी गरी नयाँ NTTV सहितको प्याकेज एक्टिभ गर्न सकिन्छ ।

सेवा जडान पछिको नियमित महशुल कसरी भुक्तानी गर्न सकिन्छ ?

नजिकको नेपाल टेलिकमको काउन्टरमा गएर वा बजारमा उपलब्ध नेपाल टेलिकमको रिचार्ज कार्डबाट वा विभिन्न विद्युतीय माध्यम प्रयोग गरी घरैबाट पनि महशुल भुक्तानी गर्न सकिन्छ ।

FTTH इन्टरनेट, ल्याण्डलाइन र NTTV तीनवटै सेवा लिएको छ भने एकमूष्ट भुक्तानी गर्नुपर्छ कि अलग अलग गर्न सकिन्छ ?

आफूले लिएको प्याकेजको महशुल भुक्तानी एकमुष्ट गर्नुपर्छ ।

NTTV सेवाको गुणस्तरमा ढुक्क हुने आधार के छ ?

यो सेवा अत्याधुनिक फाइबर प्रबिधिमा आधारित सेवा भएकोले सेवाको गुणस्तर राम्रो रहन्छ । स्याटेलाइट मार्फत आउने टेलिभिजन सिग्नलमा जस्तो मौसममा हुने गडबढीको असर NTTV मा रहँदैन । सेवामा आउने सामान्य समस्याहरु कार्यालयबाटै समाधान गर्न सकिने भएकोले फिल्डमै खटिएर मर्मत सम्भार गर्नुपर्ने अवस्था न्यून रहन्छ ।

सेवा सम्वन्धी कुनै जानकारी, गुनासो वा समस्या भएमा कहाँ सम्पर्क गर्न सकिन्छ ?

सेवा सम्बन्धि थप जानकारी वा गुनासो वा समस्याको लागि नजिकको दूरसञ्चार कार्यालय वा ग्राहक सेवा केन्द्रको टेलिफोन नं. १९८ मा सम्पर्क गर्न सकिन्छ ।

Join our Newsletters

Receive the latest news and exclusive offers

Please enter a valid email address

Download Apps

    © 2025 Nepal Telecom. All Rights Reserved.

    • 4G/LTE Band Check
      NT 4G LTE Bands