Nepal Telecom Logo
Menu
  • Home
  • Fixed Line
  • Mobile
  • Internet
  • eSIM
  • VAS
  • Career
  • Offers
  • Offers
  • Individual
  • Corporate
  • Email
  • English
    EN
    • English
    • नेपाली
  • Self Care
    • Register
    • Login
    • Change Password

Notices

  • स्वत: प्रकाशन (Proactive Disclosure)
  • Mobile Service Drive Test Report
  • Notice regarding Diary & Calendar
  • Notice regarding Mobile Multi Charger
  • 17th AGM - Nepal Telecom
  • Useful Short Codes
  • Online पत्रिकाको सूचीकरण सम्बन्धि सूचना (7 Days Extended)
  • Re-invitation For Sealed Quotations सम्बन्धि सूचना
  • 20th Anniversary Offer 2080
  • 16th AGM - Nepal Telecom
  • 15th AGM - Nepal Telecom
  • Teez TikTok Contest 2080
  • NT's request on using 4G Mobile Handset
  • Form Downloads
  • Newsletters
  • Corporate Social Responsibility

NT's request on using 4G Mobile Handset

ग्राहकहरुलाई अत्याधुनिक दूरसंचार सेवा उपलब्ध गराउनका लागि नेपाल टेलिकमले देशभर 4G LTE नेटवर्क बिस्तार गरिरहेको छ। 4G LTEसेवा संचालनका लागि नेपाल दूरसंचार प्राधिकरणबाट LTE Band 20 (800MHZ) र LTE Band 3 (1800MHZ) को अनुमति प्राप्त भएकोमा जनघनत्व कम भएका ग्रामिण क्षेत्रमा टाढा सम्म कभरेज हुने गरी LTE Band 20 (800MHZ) मा 4G सेवा संचालन गरिएको छ भने जनघनत्व बढी भएका शहरी क्षेत्रहरुमा धेरै ग्राहकलाई एकसाथ सेवा प्रदान गर्न सकिने गरी LTE Band 3 (1800MHZ) मा 4G सेवा संचालन गरिएको छ। 4G LTE नेटवर्क बिस्तार भएका क्षेत्रमा 4G सेवा प्रयोग गर्न ग्राहकहरु संग 4G सपोर्ट गर्ने मोवाईल सेट हुनु आवश्यक हुन्छ। हाल नेपालमा बिक्रि बितरण भईरहेका कतिपय मोवाईल सेटले LTE Band 3 (1800MHZ) सपोर्ट गर्ने तर LTE Band 20 (800MHZ) सपोर्ट नगर्ने भएको कारण धेरै ग्राहकहरुले गुणस्तरीय 4G सेवा उपभोग गर्न असमर्थ हुनुभएको जानकारी प्राप्त भएकोले मोवाईल सेट खरिद गर्दा उक्त सेटले 4G LTE Band 20 (800MHZ) र Band 3 (1800MHZ) दुबै सपोर्ट गर्ने यकिन गरी खरिद गर्नुहुन अनुरोध गरिन्छ। साथै मोवाईल सेट आयात तथा बिक्री गर्दा नेपालको 4GLTE Band 20 (800MHZ) र LTE Band 3 (1800MHZ) दुबै सपोर्ट गर्ने मोवाईल सेटहरु मात्र आयात तथा बिक्री बितरणको लागि सम्बन्धित सबैमा अनुरोध गरिन्छ।

4G मोवाईल सेट सम्बन्धमा ग्राहकहरुबाट धेरै सोधिने प्रश्नहरु 

 

नेपाल टेलिकमले उपलब्ध गराएको 4G सेवा प्रयोग गर्न के के आवश्यक पर्दछ?
नेपाल टेलिकमको 4G सेवा उपभोग गर्नका लागि तपाईं संग नेपाल टेलिकमको 4G सिमकार्ड, 4G सपोर्ट गर्ने मोवाईल सेटका साथै तपाईं 4G कभरेज एरियामा भएको हुनुपर्दछ। नेपाल टेलिकमबाट बिक्री बितरण गरिने सबै नयाँ सिमकार्डहरुले 4G सपोर्ट गर्ने भएकोले तपाईंसंग 4G मोवाईल सेट छ भने तपाईंले नेपाल टेलिकमको 4G कभरेज एरिया भित्र मज्जाले4G सेवा प्रयोग गर्न सक्नुहुन्छ।
 

मेरो मोवाईल सेटले 4G सपोर्ट गर्दछ तर कुनै स्थानमा 4G चल्दछ भने कतै चल्दैन किन यस्तो हुन्छ?
नेपाल टेलिकमले जनघनत्व कम भएका ग्रामिण क्षेत्रमा टाढा सम्म कभरेज हुने गरी LTE Band 20 (800MHZ) मा 4G सेवा संचालन गरिरहेको छ भने जनघनत्व बढी भएका शहरी क्षेत्रहरुमा धेरै ग्राहकलाई एकसाथ सेवा प्रदान गर्न सकिने गरी LTE Band 3 (1800MHZ) मा 4G सेवा संचालन गरिरहेको छ। गाउँ शहर सबैतिर 4G सेवा उपयोग गर्न तपाईंको मोवाईल सेटले LTE Band 3 (1800MHZ) र LTE Band 20 (800MHZ) दुबै सपोर्ट गर्ने हुनु पर्दछ। तर नेपालमा हाल बिक्रि बितरण भैरहेका केही सेटहरुले LTE Band 3 (1800MHZ) सपोर्ट गर्ने तर LTE Band 20 (800MHZ) सपोर्ट नगर्ने भएका कारण यस्ता सेट भएका ग्राहकहरुलेशहरी क्षेत्रमा 4G चलाउन सक्ने तर अन्यत्र चलाउन नसक्ने गुनासो प्राप्त भईरहेको छ। यसको समाधानको लागि मोवाईल सेट खरिद गर्दा नै उक्त सेटले 4G LTE Band 20 (800MHZ) र Band 3 (1800MHZ) दुबै सपोर्ट गर्ने यकिन गरेर मात्र खरिद गर्नुपर्ने हुन्छ।
 

मेरो गाउँमा कुनै ब्रान्डको मोवाईल सेटमा 4G चल्दछ अरु सेटमा चल्दैन। यस्तो किन हुन्छ?
नेपाल टेलिकमले जनघनत्व कम भएका ग्रामिण क्षेत्रमा टाढा सम्म कभरेज हुने गरी LTE Band 20 (800MHZ) मा 4G सेवा संचालन गरिरहेको छ। यस्तो क्षेत्रमा LTE Band 20 (800MHZ) सपोर्ट गर्ने सेटमा मात्र 4G सेवा चलाउन सकिन्छ भने अरु सेटमा 4G चल्दैन। तर 4G सेवा कुनै ब्रान्डको मोवाईल सेटमा मात्र चल्ने अरु ब्रान्डको सेटमा नचल्ने भने हुँदैन।
 

नयाँ खरिद गर्न लागेको मोवाईल सेटले कुन कुन ब्यान्डको 4G सपोर्ट गर्दछ वा गर्दैन भन्ने कसरी थाहा पाउन सकिन्छ?
खरिद गर्न लागेको मोवाईल सेटको स्पेशिफिकेशन चेक गरी उक्त सेटले 2G/3G/4G कुन नेटवर्कको कुन कुन फ्रिक्वेन्सी सपोर्ट गर्दछ वा गर्दैन भन्ने थाहा पाउन सकिन्छ।

मैले हाल प्रयोग गरिरहेको मोवाईल सेटले कुन कुन ब्यान्डको 4G सपोर्ट गर्दछ वा गर्दैन भन्ने कसरी थाहा पाउन सक्दछु?
मोवाईलको IMEI नम्बरको आधारमा उक्त सेटले 2G/3G/4G कुन नेटवर्कको कुन कुन फ्रिक्वेन्सी सपोर्ट गर्दछ वा गर्दैन भन्ने थाहा पाउन सकिन्छ। 

Join our Newsletters

Receive the latest news and exclusive offers

Please enter a valid email address

Download Apps

    © 2025 Nepal Telecom. All Rights Reserved.

    • 4G/LTE Band Check
      NT 4G LTE Bands