Nepal Telecom Logo
Menu
  • Home
  • Fixed Line
  • Mobile
  • Internet
  • eSIM
  • VAS
  • Career
  • Offers
  • Offers
  • Individual
  • Corporate
  • Email
  • English
    EN
    • English
    • नेपाली
  • Self Care
    • Register
    • Login
    • Change Password

See Also

  • International Call Tariff
  • Telecom Tariff
  • Namaste Wifi
  • TikTok Pack
  • Namaste Wi-Fi Tariff
  • VoWiFi
  • International Roaming Data Package
  • International Outgoing SMS
  • VoLTE
  • Useful Short Codes
  • Mobile APP
  • MPoS Pinless Top-Up
  • GSM Supplementary Service
  • NT Caller Tune

GSM Services

  • Friends and Family Call Service (FNF)
  • GSM Prepaid Service
  • GSM Postpaid Service
  • CUG Service
  • International Roaming
  • 4G LTE Network

Recurring Postpaid Package

नेपाल टेलिकमको Recurring Offer भनेको के हो?

Recurring Offer भनेको स्वतः नवीकरण हुने अफर हो । यसमा तपाईंले हरेक महिना म्यानुअलरूपमा प्याकेज किन्ने झन्झट गर्नुपर्दैन । सिस्टमले हरेक अङ्ग्रेजी महिनाको १५ तारिखमा तपाईंको प्याकेज स्वतः नवीकरण गर्छ ।

उदाहरण:

यदि तपाईंले GSM Postpaid Sajilo Unlimited 999 Recurring Offer Subscribe गर्नुभयो भने,

प्रत्येक अङ्ग्रेजी  महिनाको 15 तारिखमा त्यही अफर  स्वचालित रूपमा नवीकरण हुन्छ ।

 

 

 

नेपाल टेलिकमको Recurring Offer  कसका लागि उपलब्ध छ?

नेपाल टेलिकमको Recurring Offer हालका लागि Individual GSM Postpaid ग्राहकका लागि मात्र उपलब्ध छ ।

रु. 699 देखि रु.1999 सम्मका GSM Postpaid Sajilo Unlimited Offer मा यो सेवा लागु गर्न सकिन्छ । यी Offer अन्तर्गत साविककै Voice, Data र SMS लगायतका रिसोर्सेसमा हरेक महिना स्वत: प्याकेज नवीकरण हुने सुबिधा थप भएको हो ।

 

 

पहिलोपटक Recurring Offer लिँदा रकम कसरी काटिन्छ ?

जुन मितिमा पहिलोपटक Recurring Offer Subscribe गरिन्छ, सो दिनदेखि Bill Run हुने मिति (अङ्ग्रेजी महिनाको १५ तारिख) सम्म जतिदिन हुन्छ, त्यतिदिनको बिलको रकम काटिन्छ, जसलाई Pro-rate Billing भनिन्छ। अर्को महिनाको १५ तारिखदेखि मात्र पूरा मासिक शुल्क काटिन्छ।

उदाहरण:

यदि तपाईंले कुनै महिनाको 25  तारिखमा कुनै Recurring Offer Subscribe गर्नुभयो भने, 25 तारिखदेखि पछिआउने अङ्ग्रेजी महिनाको 15 तारिखसम्म हुने 20-21 दिनको रकम काटिन्छ।अर्कोपटक 15 तारिखदेखि अर्को महिनाको 15 तारिखसम्मको पुरा मासिक रकम काटिन्छ।

 

 

 

मैले अहिले एउटा प्याकेज Subscribe गरेको छु। अब Recurring Offer  लिँदा के हुन्छ?

कुनै समस्या हुँदैन। साविकको प्याकेज र नयाँ Recurring Offer  दुवैको प्याकेज प्रयोगमा आएको वा आउने दिनका हिसाबले Pro-rata Billing गरिन्छ।अङ्ग्रेजी महिनाको 15 तारिखपछि Recurring Offer स्वतः सुरु हुन्छ।

उदाहरण:

यदि तपाईंले अघिल्लो महिनाको १५ तारिखमा कुनै प्याकेज लिनुभएको थियो र यो महिनाको ४ तारिखमा Recurring Offer लिनुभयो भने, महिनामा ३० दिन भएको मान्दा, अघिल्लो प्याकेजको १५ देखि ४ तारिखसम्मको २० दिनको शुल्क र नयाँ Recurring Offer को ४ तारिखदेखि १५ तारिखसम्म ११ दिनको शुल्क जोडेर कुल रकम हिसाब गरिन्छ । यसरी कुनै महिनाको बिचमा Recurring Offer शुरु गर्दापनि तपाईंले प्याकेज प्रयोग गरेको दिनका हिसाबले मात्र शुल्क तिर्नुपर्छ, बढी तिर्नुपर्दैन ।

 

 

 

Recurring Offer प्रयोगमा हुँदा अरु Offer लिन मिल्छ?

Recurring Offer प्रयोगमा हुँदा पनि Normal Data र SMS Pack थप लिन सकिन्छ। GSM Postpaid Sajilo Unlimited Recurring Offer मा नै Unlimited Voice रिसोर्सेस हुने भएकाले थप Voice Pack लिनु आवश्यक हुदैन।

 

 

 

एकै समयमा कति वटा Recurring Offer लिन मिल्छ?

एउटै नम्बरबाट एक पटकमा एक मात्र Recurring Offer Active हुन सक्छ।यदि तपाईंले अर्को Recurring Offer Subscribe गर्नुभयो भने त्यो अफर Pending अवस्थामा रहन्छ र अर्को नवीकरण मितिपछि मात्र Active हुन्छ।

उदाहरण:

तपाईंले अहिले 699 Recurring चलाइरहनुभएको छ भने, 799 Recurring Offer लिँदा त्यो अफर Pending हुन्छ र अर्को महिनाको 15 तारिखमामात्र लागु हुन्छ।

 

 

 

के Pending Offer Cancel गर्न मिल्छ त?

मिल्दैन। Pending Offer स्वतः Bill Run (अङ्ग्रेजी महिनाको 15 तारिख) पछि मात्र Active हुन्छ । त्यसअघि Cancel वा Replace गर्न सकिँदैन।

 

 

 

Recurring Offer कसरी subscribe गर्ने?

USSD Code बाट *1415*2*4# डायल गरेर आफ्नो आवश्यकता अनुसारका प्याकेज चयन गर्न सकिन्छ।

 

 

Recurring बाट Deactivate गर्न मिल्छ? कसरी गर्ने?

हो, मिल्छ।Deactivate गर्नका लागि *1415*2*4# डायल गरेर GSM Postpaid Offer 300 (Normal) Offer Subscribe गर्नु पर्ने हुन्छ।

 

 

Recurring Offer को स्थिति कसरी थाहा पाउने?

सजिलो छ: *1415*55# डायल गरेर वा 1498 मा कल गरेर आफ्नो Active Offer को बारेमा थाहा पाउन सकिन्छ।

 

 

 

यदि Recurring नवीकरणका बेला मेरो Credit Limit कम भयो भने के हुन्छ?

यदि Credit Limit पर्याप्त छैन भने स्वत: नवीकरण  रोकिन्छ र तपाईंको नम्बर Incoming मात्र (Bar Mode) हुन्छ। यस अवस्थामा तपाईंको नम्बरमा अन्य नम्बरबाट कल र एसएमएस आउने तर तपाईंको नम्बरबाट Outgoing Call, SMS  र इन्टरनेट सेवा नचल्ने भै सेवा एकतर्फी (Oneway) हुन जान्छ ।

उदाहरण:

नवीकरणको बेला 999 Offer नवीकरण गर्न Credit Limit रु.999 चाहिन्छ।यदि तपाईंको Credit रु. ९९९ भन्दा कम छ भने नवीकरण हुन सक्दैन र सेवा पनि सुचारु हुनसक्दैन।

 

 

 

Recurring Offer का लागि Remaining credit limit कम भएको अवस्थामा Normal Data वा SMS Offer त लिन मिल्छ होला नि?

त्यो अवस्थामा मिल्दैन। एक पटक नम्बर “Bar” मोडमा पुगेपछि कुनै नयाँ Offer लिन वा नवीकरण गर्न सकिँदैन।पहिले Credit Clear गर्नुपर्छ, त्यसपछि सेवा पुनः Active हुन्छ।

 

 

RecurringOffer कुन मितिमा स्वत:  नवीकरण  हुन्छ?

हरेक अङ्ग्रेजी  महिनाको 15 तारिखमा RecurringOffer नवीकरण हुन्छ।

 

 

याद राख्नुहोस्:  नवीकरण  सुचारु हुनका लागि तपाईंको Credit Limit पर्याप्त हुनुपर्छ।

Join our Newsletters

Receive the latest news and exclusive offers

Please enter a valid email address

Download Apps

    © 2026 Nepal Telecom. All Rights Reserved.

    • 4G/LTE Band Check
      NT 4G LTE Bands